पुँजीगत खर्च वृद्धि गरिने
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजीगत खर्च वृद्धि गरिने बताएका छन् । साथै उनले सार्वजनिक खर्चको क्षमतामा सुधार गरिने उल्लेख गरेका छन् ।
आर्थिक प्रशासनमा थप पारदर्शी नीति अपनाइने नीति तथा कार्यक्रममा छ । यसका साथै सरकारी खरिद प्रक्रिया थप पारदर्शी बनाइने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १६:३२













