तीनै तहमा रहेको निष्कृय बजेटलाई परिचालन गरिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै तीनै सरकारबीच समन्वय कायम गरी अर्थतन्त्रमा तरलता नआउने व्यवस्था गरिने बताए ।
उनले भने, ‘तीन तहको सरकारमा निष्कृय भएर बसेको रकमलाई परिचालन गरिनेछ ।’
संघले पठाएको घाटा बजेट पूर्ण खर्च नभएर प्रदेश र स्थानीय तहमा निष्कृय भएर बसेको छ । जसले गर्दा अर्थतन्त्रमा शिथिलता आएको छ भने संघीयता खर्चिलो भयो भन्दै व्यवस्थामाथि नै प्रश्न उठेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १६:३६













