अर्थतन्त्रमा कुनै समस्या छैन : राष्ट्रपति पौडेल
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थतन्त्रमा कुनै समस्या नभएको बताएका छन् ।
समग्र परिसूचकहरू सकारात्मक रहेको बताउँदै पौडेलले अर्थतन्त्रमा समस्या नरहेको बताएका हुन् । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले राजस्व संकलनमा उल्लेख्य सुधार आएको बताउँदै विप्रेषण (रेमिटेन्स) बढेको बताए । त्यस्तै पौडेलले नेपालमा वैदेशिक लगानी पनि बढ्दै गएको बताए ।
लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध भएको पौडेलले बताए । राजश्व चुहावटमा सरकारले ध्यान दिएको उनको भनाई थियो । त्यस्तै अर्को प्रसंगमा वर्तमान सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिई सो कुरालाई कार्यान्वयन गरिरहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १६:३९













