News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय ऋणलाई उच्च प्राथमिकताका आयोजनाको सञ्जालमा केन्द्रित

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय ऋणलाई उच्च प्राथमिकताका आयोजनाको सञ्जालमा जोडिने बताएका छन् ।  

अन्तर्राष्ट्रिय विकास सहायता परिचालनलाई राष्ट्रिय गौरवका नीति रूपान्तरणका लागि उच्च प्राथमिकता आयोजनाहरूको सञ्जालमा केन्द्रित गरिने बताए ।

‘सार्वजनिक ऋणको अधिकतम् प्रतिफल प्राप्त हुने गरी उपलब्ध हुने गरी ऋणको आयोजनागत विनियोजन गरिनेछ,’ उनले भने, ‘वैदेशिक लगानी आकर्षणका लागि आन्तराष्ट्रिय समुदायबाट प्राप्त ऋण परिचालन गरिनेछ ।’ 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:५१
Weather Update