News Griha :: न्यूजगृह
दुई वर्षमा गरिबलाई परिचयपत्र बाँडिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै एकीकृत हरूवा, चरुवा भूमिहीन, सुकुम्वासी सबैको अव्यवस्थित बसोबासको समस्या समाधान गरिने बताए । उनले उनीहरूको समस्या समाधान गर्न आगामी बजेटमा एकीकृत योजना कार्यक्रम ल्याउनेसमेत जानकारी दिए । 

यस्तै, उनले गरिबीको आधारमा परिचय पत्र दिने बताए । उनले भने, ‘गरिब परिचय पत्र दिनेछौँ । सो कार्य दुई वर्षभित्रमा सम्पन्न गरिने छ । गरिब परिचय पत्रलाई सामाजिक सुरक्षा कार्डमा परिवर्तन गरिनेछ । वडा तहमा सहुलियत खाद्यान्नको व्यवस्था गरिनेछ ।’ 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:५६
Weather Update