News Griha :: न्यूजगृह
गैरआवासीय नेपालीको लागि पुँजी बजारमा लगानी गर्न खुला

काठमाडौं— सरकारले पुँजी बजारमा गैरआवासीय नेपालीलाई समेत लगानी खुला गर्ने भएको छ । गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजीलाई मुलुकको विकाससँग जोड्नका लागि सरकारले पुँजी बजारको लगानी खुला गर्न लागेको हो ।

शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवसीय नेपालीलाई पुँजी बजारमा लगानी गर्न खुला गरिने बताएका हुन् ।

गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्न पाउने गरी कानुन बन्नुपर्ने माग हुँदै आएपनि हालसम्म कुनै सरकारले यो विषयलाई चासोका साथ हेरेको थिएन । वर्तमान सरकारले नेपालको अर्थतन्त्रलाई लयमा लिनका लागि गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी खुला गर्ने नीति लिएको देखिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:५३
Weather Update