News Griha :: न्यूजगृह
पेट्रोलियम पदार्थको प्रयोग कम गर्न विद्युतीय सवारीलाई सरकारको प्रोत्साहन

काठमाडौं— सरकारले पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थको प्रयोग हुने सवारीसाधनका कारण नेपालबाट ठूलो पुँजी बाहिरिएको भन्दै सरकारले यस्तो नीति अवलम्बन गरेको हो ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको बताए । साथै पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै विद्युतीय चुल्होको प्रयोगमा बढावा दिईने नीति सरकाले अवलम्बन गरेको छ ।

साथै विदेशी बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा नेपाली बजारमा पर्ने प्रभावको न्यूनीकरणको विषयमा पनि अन्तराष्ट्रिय तहमा सरकारले पहल गर्ने जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:०१
Weather Update