फरार भनिएकी मञ्जु खाण देखिइन् संसद्मा

काठमाडौं— नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मञ्जु खाण शुक्रबार संसद्मा देखिएकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि मञ्जु फरार भएको समाचार सार्वजनिक भएको थियो । तर शुक्रबार मञ्जुलाई संसद् बैठकमा देखिएको हो । संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
पति बालकृष्ण खाण पक्राउ पर्दासम्म उनलाई भेट्न नगएको भन्दै आरोप मञ्जुले खेप्दै आएकी थिइन् । नक्कली शरणार्थी प्रकरणमा मञ्जुलाई समेत रकम बुझाएको दाबी गरिएको एक अडिओ सार्वजनिक भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १७:११













