सरकारले विपन्नका लागि निशुल्क विद्युत् उपलब्ध गराउने

काठमाडौं— सरकाले विपन्न वर्ग पहिचान गरेर निशुल्क विद्युत् सुविधा दिने भएको छ । आगामी २ वर्षभित्र नेपालका सबै घरमा विद्युत् पु¥याउने लक्ष्य लिएको सरकारले वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिट मात्र उपभोग गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराउने जानकारी दिएको हो ।
शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले खाना पकाउने ग्यासलाई विद्युत्बाट प्रतिस्थापन गर्ने सरकारले नीति लिएको बताए । त्यस्तै खनिज ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर्ने सरकारको नीति छ ।
साथै विद्युत् प्रसारणको सन्दर्भमा सरकारले देशमा उत्पादित सम्पूर्ण ठूला साना विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोडिने बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १७:२०













