News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।

अर्थमन्त्री महतले नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागि पर्ने उनको भनाइ छ ।

उनले भने,‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन । मूल कुरा जे आवश्यकता छ देशका लागि ती कुराहरु सरकारको नीति तथा कार्यक्रममा आएका छन् । कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु पर्‍यो । इमान्दार हुनुपर्‍यो । रातदिन काम गर्नुपर्‍यो । त्यो काममा हामी लाग्छौं ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २०:१४
Weather Update