News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएकोजस्तो : योगेश भट्टराई

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन् ।

शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘भएभरका सबै कुरा छन् तर केही पनि छैन । नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको, यसको कुनै सपना छैन, जोश छैन, जाँगर छैन ।’

सांसद भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेको आर्थिक, सामाजिक व्यवस्थामाथिको चुनौतीको समाधान गर्ने कुरा नरहेको उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २०:३७
Weather Update