News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ : मन्त्री ज्वाला

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू समावेश रहेको बताएका छन् । 

शनिबार समाजवादी प्रेस संगठन नेपाल काठमाडौं जिल्ला शाखाको कार्यक्रममा उनले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताए । 

मन्त्री ज्वालाले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरे । उनले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलाई केन्द्र विन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए । 

पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको उनको भनाइ छ । 

मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको बताए । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ११:२७
Weather Update