बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् ।
शनिबार अर्थ समितिको बैठकमा उनले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताए ।
उनले अहिले गल्ती गर्नेहरूलाई समात्न पनि अप्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । अर्थसम्बन्धी विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए ।
नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताए । यसका लागि अप्रिय र निर्मम कदम चाल्नुपर्ने उनले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० १७:३९













