News Griha :: न्यूजगृह
परिचय पत्र बनाउँदा सिन्दुर पुछ्नु पर्ने नियम संस्कृतिमाथिको प्रहार : ओली 

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिचयपत्र बनाउँदा महिलाहरूले सिन्दुर पखाल्नु पर्ने नियम नेपालको संस्कृति विरुद्ध भएको बताएका छन् । 

पेशागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा आयोजित सुशासन र विकासमा पेशाकर्मीको भूमिका विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले परिचयपत्र बनाउँदा सिन्दुर पुस्नु पर्ने नियम गलत भएको भन्दै यसलाई अस्वीकार गर्नु पर्ने बताए । 

उनले भने, ‘मैले सुनेको कुरा अहिले परिचयपत्र बनाउँदा महिलाहरूलाई सिन्दुर पखाल्नको लागि पानी राखिएको हुन्छ । कपडा राख्दिएको हुन्छ रे, सिन्दुर पखाल्नु पर्छ रे, पोते फुकालेर फोटो खिच्नुपर्छ रे । यो नेपालको संस्कृति विरुद्धको कुरा हो त्यस्तो यदि हो भने यो नेपालको संस्कृति विरुद्ध छ ।’

कही पनि आफ्नो संस्कृतिको विरुद्धमा नियम नबाइएको भन्दै उनले उनले सरकारको यो नियमप्रति आपत्ति जनाए । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १९:४७
Weather Update