News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने 

काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ ।संसद् सचिवालयका अनुसार बैठक बिहान ११:०० बजे बस्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न ७, ८, ९, १० र ११ जेठका दिनहरू तोकिएको सचिवालयले जनाएको छ ।

छलफलमा सांसदले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०६:१०
Weather Update