News Griha :: न्यूजगृह
छलफलका लागि नीति तथा कार्यक्रम संसदमा पेश गर्दै प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार संघीय संसदको प्रतिनिधि सभामा छलफलका लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने भएका छन् ।

आइतबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि ‘आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्रीले सदनमा पेश गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनले सदनमा उक्त प्रस्ताव पेश गरेसँगै नीति तथा कार्यक्रममाथि क्रमागत रुपमा छलफल सुरु हुनेछ । आइतबार नै सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफलमा सहभागी भई पार्टीका तर्फबाट धारणा राख्ने बताइएको छ ।

सरकारको नीति तथा कार्यक्रम अस्वीकार्य रहेको भन्दै कडा टिप्पणी गरेका उनले उक्त नीति तथा कार्यक्रमलाई पारित गर्न समर्थन नगर्ने बताइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०८:४१
Weather Update