८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० ११:४७













