सरकारको नीति तथा कार्यक्रम उद्देश्य र गन्तव्यविहीन : एमाले अध्यक्ष ओली

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा उद्देश्य र गन्तव्यविहीन भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै कार्यक्रममा कसरी अघि बढ्ने भन्ने मार्गचित्र नै नभएको बताए ।
उनले भने ‘नीति तथा कार्यक्रमको उद्देश्य र गन्तव्य छैन् । कसरी जाने मार्गचित्र छैन् । सर्वत्र शून्य नीतिको अवस्था छ । अहिलेको सरकारको नीति के हो भने शून्य नीति हो । यस्तो नीति तथा कार्यक्रमले देशलाई स्थायित्व दिन सक्दैन । राष्ट्रलाई अग्रगमनको बाटोमा लान सक्दैन । देश र जनताले भोगिरहेका समस्यालाई समाधान गर्न सक्दैन । ’
अध्यक्ष ओलीले देशको वास्तविक अवस्थाबारे सदन र नेपाली जनतालाई जानकारी गराउन नसक्नु सरकारको लज्जास्पद काम भएको आरोप पनि लगाए ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १३:०१













