News Griha :: न्यूजगृह
गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍यायो : ओली 

काठमाडौं—  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकको अर्थतन्त्रलाई संकटको डिलमा पुर्याएको आरोप लगाएका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै अध्यक्ष ओलीले विश्वको तीब्र आर्थिक विकास गर्ने १० वटा देश भित्र पुगेको नेपाललाई नागपासा खेले झै तल झारिएको आरोप लगाए ।

उनले भने ‘कति छिट्टै तपाईहरुले विश्वको तीव्र आर्थिक विकास गर्ने १० वटा देश भित्र पुगेको नेपाललाई नागपासा खेलेझै ९९ सयबाट २ मा कसरी झार्नु भो ? नेकपा एमालेलाई विस्थापन गरेर बनेको कांग्रेस र माओवादीसहित गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारण हो  । प्रधानमन्त्री ज्यूलाई लाग्या होला यो सरकार राम्रो छ भनेर भनिदिए हुन्थ्यो भनेर तर तथ्याँकको आधारले त्यस्तो बोल्दैन्। हामी कसरी समर्थन गरौं । ’
 
 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १३:११
Weather Update