News Griha :: न्यूजगृह
धर्मको नाममा रोटी सेकाउने प्रवृत्ति बढ्दैछ : चित्रबहादुर केसी

काठमाडौं— राष्ट्रिय जनमोर्चा अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अहिले हिन्दु धर्मको नाममा राजनीतिक रोटी सेकाउने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै सांसद केसीले धर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने र इसाई धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोझाउने काम भइरहेको विषय एकदम गम्भीर भएको बताए ।

उनले भने, 'अहिले हिन्दु धर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने अर्को तिर इसाई धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोझाउने, बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीतिक दुनो सोझाउने कुरा देखिएको छ । यो एकदमै गम्भीर कुरा हो ।'

सांसद केसीले धर्मको आडमा भइरहेको गतिविधिलाई रोक्न आवश्यक भएको उल्लेख पनि गरे । 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १३:२१
Weather Update