News Griha :: न्यूजगृह
सरकारको नीति तथा कार्यक्रमलाई कुनै पनि हालतमा समर्थन गर्न सकिदैनः ओली

काठमाडौं—  एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएका छन् । 

नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै उनले तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरी ल्याउन पनि सरकारसँग माग गरे ।

आइतबार प्रतिनिधि सभा बैठकमा ओलीले देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाएर उँभोतिर लाने कुनै कुरामा पनि नीति तथा कार्यक्रम सक्षम नभएकाले अन्य दलहरूले पनि यसलाई स्वीकार गर्न नहुने बताए ।

ओलीले भने, ‘यो नीति, कार्यक्रम कुनै पनि हालतमा देशलाई अगाडि बढाउन, देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाएर उँभोतिर लाने कुनै कुरामा पनि यो सक्षम छैन । जनताका समस्या समाधान यसले गर्न सक्दैन । त्यसकारण यस नीति, कार्यक्रमलाई समर्थन गर्न सकिदैन । र, हामी समर्थन गर्दैनौ ।’

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १४:२५
Weather Update