News Griha :: न्यूजगृह
भक्तपुरको डेकोचा–सलम्बुटार सडक विस्तार सुरु

काठमाडौं— भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने लागेको हो ।

आइतबार बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सडकको शिलान्यास गरे । दुलालले सो सडक भक्तपुरलाई मध्यपहाडी लोकमार्ग र पुष्पलाल लोकमार्गसँग जेड्ने महत्वपूर्ण सडक भएको बताए ।

बाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक निर्माणको काम सम्भौता समाप्त हुने भन्दा छ महिना अगाडि नै सम्पन्न गर्न ठेक्दार कम्पनीलाई आग्रह गरिएको बताए ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक देव र सायर/ज्ञानज्योति/क्षितिज जेभीले संयुक्त रुपमा ३९ करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागेका हुन् ।

१२ मिटर चौडायको निर्माण हुने सडक खण्डमा ठेक्दार कम्पनीले सडक चौडा, डामर कंक्रीट, रिटिनिङ वाल, प्लम ड्रेन लगायतका काम गर्ने छन् । सडक कालोपत्र गर्ने काम ५ किलोमिटरको मात्रै हुने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १८:४७
Weather Update