ओलीलाई शर्माले भने– बालकोटमा बादल लाग्दा बानेश्वर धमिलो देख्नुभयो

काठमाडौं— नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकाको नीति तथा कार्यक्रममाथि नकारात्मक धारणा नराख्न आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमापछि सञ्चारकर्मीसँग उनले सरकारले शुक्रबार संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि अध्यक्ष ओलीले नकारात्मक धारणा राखेको बताए ।
बालकोटमा बादल लाग्दा बानेश्वरमा धमिलो देख्ने प्रवृत्ति ओलीमा रहेको शर्माको टिप्पणी थियो ।
उनले भने, ‘बालकोटमा घाम लागेको बेला बानेश्वरमा उज्यालो देखिने । बालकोटमा बादल लाग्यो भने बानेश्वरमा पनि धमिलो देखिने । योे खालको मनोविज्ञान र प्रवृत्ति केपी ओलाीमा देखियो । यो अन्त्य गर्नुहोला ।’
अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा टेकेर आगामी दिनको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १९:१२













