
काठमाडौं— कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु (मुडे) ३६ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको प्याज ३३, रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ६०, भटमासकोशा ११०, मटरकोशा १३०, तिते करेला ४०, लौका ४०, परवल ९०, पाकेको फर्सी ४५, घिरौंला ४०, भिण्डी ५०, सलगम ७०, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २५०, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु ९०, लोकल बरेला १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
चमसुरको साग, ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ७०, हरियो प्याज ७०, रायो साग ५०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०, भारतीय दसहरी आँप २२०, मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ ।













