News Griha :: न्यूजगृह
काभा महिला भलिबल च्यालेन्ज कप सुरु हुँदै

काठमाडौं— एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि नेपालमा सुरु हुँदैछ । च्यालेन्ज कपको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगीतामा ८ टोलीको सहभागीता रहेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने प्रतियोगीतामा नेपालले सोमबार कीर्गिस्तानसँग खेल्दै छ । उक्त खेल दिउँसो ४:३० बजेपछि हुनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:५५
Weather Update