News Griha :: न्यूजगृह
सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो 
फाइल तस्बिर ।

काठमाडौं—  कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य स्थिर नै रहेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:२७
Weather Update