परम्परागत कार्यशैलीले अहिलेको संकट सामना गर्न सक्दैन : अध्यक्ष लिङ्देन

काठमाठौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले परम्परागत कार्यशैली तथा संरचनाले अहिलेको आर्थिक संकटलाई सामना गर्न नसक्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि धारणा राख्दै राप्रपा अध्यक्ष लिङ्देनले परम्परागत शैली, सोच र संरचनाले आर्थिक संकट सामना गर्न नसक्ने बताएका हुन् ।
‘अहिलेको देशको अवस्था सामान्य होइन । देश र दुनियाँले जुन आर्थिक संकट बेहोरिरहेको छ त्यसलाई हाम्रो परम्परागत कार्यशैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन,’ उनले भने, ‘त्यसकारण यो नीति तथा कार्यक्रममा आगामी संकटलाई हामीले कसरी सामना गरेर अगाडि बढ्छौँ भनेर कार्यक्रममा राख्नुपर्दथ्यो ।’
यो नीति तथा कार्यक्रम सामान्य, ठीकठाक अवस्थामा ल्याउने जस्तो भएको उनले टिप्पणी गरे ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १३:२६













