जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्।
जसपा संसदीय दलको सोमबार बसेको बैठकले पार्टी अध्यक्षसमेत यादवलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो । रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि दलको नेता खाली थियो ।
गत मङ्सिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका यादव १० वैशाखमा भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १६:२९













