News Griha :: न्यूजगृह
नेप्से परिसूचक ८.१० अङ्कले वृद्धि

काठमाडौं— साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । 

आइतबार ५ अङ्कले वृद्धि भएको नेप्से सोमबार पनि सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ८.१०अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५४ अङ्कले, फ्लोट इन्डेक्स ०.५३ अङ्क र सेन्सेटिभफ्लोट इन्डेक्स ०.०१ अङ्कले बढेको छ । सोमबार कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमवार कारोबार रकम भने घटेको छ । आइतबार १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । 

नेप्सेका १३ उपसमूह मध्ये सोमबार ११ उपसमूहको परिसूचक बढेको छ । त्यस्तै २ उपसमूहको परिसूचक भने घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूह परिसूचक २.४४ प्रतिशत र  होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५२ प्रतिशतले बढेको छ । तर यता व्यापार ०.९९ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक ०.०२ प्रतिशतले घटेको छ । 

नेप्से परिसूचक बढेसँगै सोमबार एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, युनिलिभर नेपालको शेयर मूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । तर यता ग्रीन लाइफ हाइड्रोपावरको शेयर मूल्य ७.३७ प्रतिशत घटेको छ । सोमवार शिवम् सिमेन्ट कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १६:४१
Weather Update