News Griha :: न्यूजगृह
ससंद्को खाली कुर्सी हेर्दै सांसद अर्यालले भने– रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरे जस्तो

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सदनको खालीकुर्सी हेर्दा रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरेको जस्तो लागेको टिप्पणी गरेका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने ‘नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नउपस्थित भएको छु । तर, सदनको खाली कुर्सी हेर्दा आफू पनि रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरेको जस्तो लाग्छ कहिलेकाहीँ । घरमै बसेर ऐनामा हेरेर पेन्ड्राइभमा रेकर्ड गरेर सचिवालयमा बुझाइदिए हुने हो कि भन्नेजस्तो लाग्छ । २७५ जनाबीच हुने र सुन्ने र सुनाउने नीति तथा कार्यक्रमको छलफल रेकर्डको लागिमात्रै बोलिरहेको जस्तो लाग्छ । हलको उपस्थितिलाई हेर्दा यस्तो नहुने बनाउ ।’

त्यस्तै, उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुनर्लेखन नै गर्नुपर्ने अवस्थाको नभएको पनि बताएका छन् ।

नीति तथा कार्यक्रम कामै नलाग्ने, खारेजै गर्नुपर्छ भन्नु उपयुक्त नहुने उनको भनाइ छ ।

‘नीति तथा कार्यक्रमको बारेमा केही साथीहरूले पुनर्लेखन नै गर्नुपर्छ भन्ने कुराहरू आयो, पारित गर्न हुन्न भन्ने कुरा आयो । तर, पूरै कामै नलाग्ने खारेजै गर्नुपर्ने भन्नु अतिशयोक्ति हुन्छ भन्ने मलाई लाग्छ ।’

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १७:३३
Weather Update