लुम्बिनीमा थप तीन मन्त्रीले लिए शपथ
काठमाडौं— लुम्बिनी प्रदेशमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
सोमबार नयाँ मन्त्रीको रुपमा नेपाली कांग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिएइको छ । माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १८:००













