विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं— जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रारम्भिक छनोट लिस्ट सार्वजनिक गरेको हो ।
छनोट खेलमा नेपालसहित ८ टोलीको सहभागिता रहने छ । गत चैतमा सम्पन्न लिग–२ शृङ्खलाको शीर्ष तीनमा अटाउँदै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको हो ।
विश्वकप छनोट अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल्ने छ । र,त्यहाँको प्रशिक्षणपछि नेपाली टोली स्वदेश फिर्ता नभई सिधै जिम्बावे जानेछ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० २१:१४













