News Griha :: न्यूजगृह
संसद् बैठकमा कम सांसद उपस्थित भएपछि रास्वपाले माग्यो माफी

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदहरूको कम उपस्थिति भएपछि माफी मागेको छ । रास्वपाले सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नै पार्टीका सांसदसमेत अनुपस्थित भएपछि माफी मागेको हो ।

रास्वपाले आफ्नो फेसबुक पेजमार्फत भनेको छ,‘आज सोमबार (८ वैशाख) बसेको प्रतिनिधि सभाको बैठकको अन्त्यसम्ममा सदनमा जम्मा ३२ जना सांसदको उपस्थिति रहेको थियो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका–६, नेपाली कांग्रेसका– ९,नेकपा एमालेका–७, नेकपा माओवादीका (केन्द्र)–५,नेकपा एकीकृत समाजवादीका–१,अन्य–२ र मन्त्री–२ जना मात्रै अन्तिमसम्ममा उपस्थित हुनुहुन्थ्यो । रास्वपाका २१ जनामध्ये जम्मा ६ जना सांसदको मात्रै उपस्थिति भएको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं र यसका लागि आम जनसमुदायसँग क्षमा पनि माग्न चाहन्छौं ।’

रास्वपाले आगामी दिनमा संसदमा कम उपस्थिति हुन नदिन पार्टीभित्रै विधि र पद्धति विकास गर्न लागिपरेको बताएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २१:३५
Weather Update