News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने 

काठमाडौं— सरकारको नीति तथा कार्यक्रमामाथि आज पनि छलफल हुने भएको छ । 

५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि ७ जेठदेखि छलफल सुरु भएको थियो ।

अहिलेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्षस्थ नेताहरूले सम्बोधन गरिसकेका छन् ।

नीति तथा कार्यक्रमको प्रतिपक्षले आलोचना गरेको छ भने सत्तापक्षले बचाउ गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०६:३३
Weather Update