News Griha :: न्यूजगृह
बढी मूल्यमा पेट्रोल बिक्री गर्ने आयल स्टोर्सलाई दुई लाख जरिवाना

रामेछाप— कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख रुपैयाँ जरिवाना गरेको छ  ।

सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रजिअ अनोजकुमार घिमिरेको नेतृत्वमा पुगेको अनुमगन टोलीले जरिवाना गरेको हो ।

उक्त आयल स्टोर्सका सञ्चालकले कृत्रिम अभाव सृजना गर्ने र मनलाग्दी मूल्य लिएर गैरकारनुनी तरिकाले पेट्रोलियम पदार्थ बिक्री गरेको ठहर गर्दै कानुनअनुसार जरिवाना गरिएको सहायक प्रजिअ अनोज घिमिरेले बताए ।

गैरकानुनी ढङ्गबाट बढी मूल्य लिएर बिक्री गरेपछि आफूलाई स्थानीयले उजुरी गरेको प्रजिअले बताए ।

उनले  भने,‘उक्त आयल स्टोर्सका बारेमा सुक्ष्म रुपले अनुगमन गर्दा सञ्चालकले गलत नै गरेको पुष्टि भएपछि हामीले जरिवाना गरेका हौँ । यो न्यूनतम जरिवाना गरिएको हो ।’

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०६:५०
Weather Update