News Griha :: न्यूजगृह
आज शेयर कारोबार बन्द

काठमाडौं— आज शेयर कारोबार बन्द हुने भएको छ । घोडेजात्रा पर्वको अवसरमा सार्वजनिक बिदाका कारण शेयर कारोबार बन्द हुने भएको हो ।

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । अब शेयर बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सोमबार नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा रोकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १०:१३
Weather Update