News Griha :: न्यूजगृह
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै 
फाइल तस्बिर : राप्रपा नेपाल अध्यक्ष कमल थापा ।

काठमाडौं— राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठक मङ्गलबार बस्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा ‘वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, साङ्गठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने भनिएको छ ।

महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ,राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका पनि रहेको छ । 

बुधबारसम्म चल्ने बैठकमा जनवर्गीय संगठन, विभाग र समितिहरूको ६ महिने कार्ययोजनाहरू पनि प्रस्तुत हुनेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:२२
Weather Update