विद्यालयको पाठ्यक्रममा माओवादीको सशस्त्र द्वन्द्वबारे कोर्स राखिनु गलत : सांसद पन्त
काठमाडौं— नेकपा एमाले सांसद रघुजी पन्तले कालीकोटको पचाल झर्नामा ५ देखि ८ कक्षासम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द्व, माओवादी जनयुद्धको सकारात्मक प्रभाव बारे पाठ्यपुस्तकमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।
मङ्गलबारको प्रतिनिधि सभा बैठकमा सांसद पन्तले पार्टीले गरेको कामलाई पाठ्यक्रममा राख्ने काम उचित नभएको बताए ।
उनले भने, कालीकोटको पचााल झर्ना प्रधानमन्त्रीको पार्टीले चुनाव जितेको छ, त्यहाँ ५ देखि ८ कक्षा सम्मको पाठ्य क्रममा सशस्त्र द्धन्द्ध, माओवादी जनयुद्धको सकारात्मक प्रभावबारे विभिन्न अध्याय राखेर कोर्स बुकमा राखेको छ । यो काम कसैले पनि नगरौँ एमालेले झापा विद्रोह बारे, कांग्रेसले २०१८ सालको संघर्ष बारे, राप्रपाले पञ्चायत र राजावादी बारे कोर्ष बुकमा राख्न थाल्यो भने सही सन्देश जाँदैन ।’
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १२:२८













