News Griha :: न्यूजगृह
कांग्रेस सांसद केसी भन्छन्, — सरकारको नीति तथा कार्यक्रमलाई नराम्रो भन्न मिल्दैन

काठमाडौं— नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई नराम्रो भन्न नमिल्ने बताए । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विभिन्न अभिव्यक्तिहरू आएको भन्दै उनले कुनै पनि सरकारले दुरदृष्टिले १५ वर्ष सम्मको कार्यक्रमहरू ल्याउन सक्ने  बताए । 

सांसद केसीले भने ‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बारेमा विभिन्न अभिव्यक्तिहरू सुनियो, यसले ५ वर्षको नीति तथा कार्यक्रम किन ल्यायो भनेर सोधियो । ल्याउँछ कुनै पनि सरकारले दुरदृष्टिले १५ वर्षसम्मको कुनै पनि नीति लिएर आउँछ त्यसलाई नराम्रो भन्न मिल्दैन् ।’
  

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:२९
Weather Update