नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्ताबेज बनाउन सांसद वाग्लेको सुझाव

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्ताबेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ कोे नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद डा. वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान आवश्यक रहेको बताए ।
उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरे ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १३:२८













