News Griha :: न्यूजगृह
सरकारले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्र महतो नियुक्त 

काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

मंगलबार जनता समाजवादी पार्टी (जसपा) बाट थप एक मन्त्री र राज्यमन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय पुगेको हो ।

मंगलबार जनता समाजवादी पार्टी (जसपा) सांसद वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन् । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् । 

सरकारमा नेपाली कांग्रेसबाट एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री सहभागि छन् । त्यस्तै माओवादीबाट एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक/एक मन्त्री छन् ।  

 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १४:०७
Weather Update