किन रिसाए मधेस प्रदेशका सभामुख ?

जनकपुर— समय मै शपथ समारोह शुरु नभएको झोकमा मधेस प्रदेशका सभामुख रिसाएर समारोह स्थलबाट बाहिरिएका छन् ।
मंगलबार दिउँसो १ बजे नव नियुक्त मन्त्रीहरूको शपथ समारोह राखिए पनि, २ बज्दा समेत कोही उपस्थित नभएपछि सभामुख रामचन्द्र मण्डल शपथको तयारी गरिएको स्थलबाट रिसाएर बाहिरिएका हुन् ।
मंगलबार कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् । यसैगरी एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् । तर उनको मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । उनीहरूको शपथ भएको छैन् ।
मंगलबार नै माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै सरकार छोड्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १४:३५













