मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

काठमाडौं— नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बसेको गठबन्धनका केन्द्रीय नेताहरूबीचको बैठकमा मुख्यमन्त्री सरोज कुमारयादव निर्णयविपरीत हिँडेको निष्कर्षसहित माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मन्त्रालय भागबण्डा मिलाउन सोमबार गठबन्धन घटक दलका नेताहरूबीच बैठक बसेको थियो ।
तर, बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि मंगलबार बिहान फेरि बैठक बस्ने निर्णय भएको थियो । तर, मुख्यमन्त्री यादवले बैठक नगरी कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउन लागेपछि माओवादी आक्रोशित बनेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १४:४०













