1684836376.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू जस्तो प्रधानमन्त्री नेपालको इतिहासमा सितिमिति नभेटिने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले पहिलो पटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले राखेको विचारकहरूलाई सबैले ऐतिहासिक भनेर उठेर हात मिलाएको दाबी गरे ।
उनले त्यस्तो विचार नेपालको संसदीय इतिहासमा दुर्लभ भेटिने हुनाले यो कुरालाई ध्यान दिएर सरकारको नीति कार्य बारे धारणा बनाउन आग्रह गरे ।
उनले भने, ‘अघिल्लो पटक सत्ता पक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ म चाहिँ, यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन । नेपालको इतिहासमा मौलिकता भेटिएको छ । शतप्रतिशत प्रतिनिधि सभाका सदस्यहरूको समर्थन गरेर बनेको प्रधानमन्त्री हिजो सत्ता पक्ष र प्रतिपक्ष दुवै र अहिले त्यही कार्यक्रमलाई निरन्तरता दिने त्यही प्रधानमन्त्री मैले पहिलो पटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले केही विचारहरू प्रस्तावित गर्दै गर्दा अहिले प्रतिपक्ष दलको नेताले ती भनाइलाई ऐतिहासिक भनेर उठेर हात मिलाउनु भएको थियो । म त्यही मान्छे हो त्यही भएर यो विशेषता पनि नेपालको संसदीय इतिहासमा दुर्लभ कहिले कँही मात्र भेटिने विशेषता हो त्यसकारण यो कुरालाई ध्यान दिएर हामी सबैले यो सरकारको नीति कार्य बारे धारणा बनाउनु पर्ने आफ्ना मत प्रस्तुत गर्नुपर्ने आवश्यकता छ भन्ने म ठान्छु मलाई विश्वास छ मैले भन्न खोजेको कुरा सबैले चिन्तन गर्नुहुनेछ ।’
प्रधानमन्त्री दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पक्ष र प्रतिपक्ष दुवै दलहरूको विचार धारणा समेटिएको हुनाले यसको विरोध गर्ने पनि सैद्धान्तिक धरातल र नैतिक धरातल नभएको बताए ।













