News Griha :: न्यूजगृह
मधेसमा तीन मन्त्रीले लिए शपथ 

जनकपुर—  मधेस प्रदेशमा थप तीन मन्त्रीले शपथ लिएका छन् ।

नेपाली कांग्रेसका कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्रकुमार सिंहले स्वास्थ्य मन्त्रीको शपथ लिएका हुन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिए । उनीहरूलाई जनकपुरधामस्थित मधेस भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहण गराएका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेका जनमत पार्टीका बसन्त कुशवाहाको ठाउँमा एकीकृत समाजवादीका न्यौपानेलाई जिम्मेवारी दिइएको हो ।

माओवादी केन्द्रले मधेस सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:५८
Weather Update