बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्टीकरण दिएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदूतले नै देशको अप्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताए ।
उनले समय, परिस्थितिअनुसार छिमेकी देशहरूको भ्रमण गर्ने बताए ।
प्रधानमन्त्री दाहालले भुगोल, अर्थतन्त्र, खुला सिमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताए ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्नेपनि बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १६:२३













