
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि प्रकारको भ्रष्टाचारमा संलग्न नभएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने, ‘भुटानी शरणार्थीका नाउमा मानिस विदेश पठाउने कुरामा एकमुष्ठमा भन्न चाहन्छु नेकपा एमाले त्यसमा संलग्न थिएन, छैन, हुने छैन ।’ भ्रष्टाचार देश, जनता, विकास र इमानको शत्रु भएको भन्दै नेकपा एमाले इमान नभएको पार्टी नभएको उनको भनाइ छ ।
उनले एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने भन्दै एमालेभित्र रहेर नेकपा एमालेको आदर्शविपरीत उद्देश्यहरूलाई प्रभाव पर्छ भने त्यस्तोमा कारबाही गर्न आफूहरू आफैँ अगाडि बढ्ने बताए ।
उनले ‘हाम्रो देश आरालो लागिरहेको छ, कतै बाढी, पहिरो गएको छ तर, सरकार त्यसलाई रोक्न छोडेर मुखदर्शक भएर बसेको छ’ भन्दै त्यसलाई रोक्न सचेत सक्रिय जनशक्ति तयार गर्नु आवश्यक भएको बताए ।
अध्यक्ष ओलीले बद्नियतपूर्ण, षड्यन्त्रपूर्ण र राज्य सत्ताको दुरुपयोग गरेर नेकपा एमालेका विरुद्ध अनुचित ढङ्गले प्रहार केन्द्रित गर्न खोजिरहेको भन्दै त्यसको क्षति व्यहोर्नु परेपनि शिर निहुराएर ह््यानसअप गरेर नचल्ने बताए ।













