News Griha :: न्यूजगृह
ए डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै खुमलटारले २० खेलमा २१ अंक जोडेको छ भने समान खेल खेलेको सातदोबाटोको २९ अंक रहेको छ ।

एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

पुलिसको जितमा अहमद हिजाजीले २८औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिस २० खेलमा २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

थ्रीस्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:५८
Weather Update