जनमतले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं— जनमत पार्टीले सरकार, गठबन्धन, संगठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न १२ जेठमा बैठक बोलाइएको सो पार्टीकी सचिव अनिता साहले जानकारी दिइन् ।
जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्ना तर्फका मन्त्री केही समय पहिले फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।
उक्त पार्टीका अध्यक्ष डा.सिके राउत हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १८:४९













