News Griha :: न्यूजगृह
संघीय संसद्को संयुक्त बैठक बुधबार बस्ने

काठमाडौं— संघीय संसद्को संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसद्को संयुक्त बैठक बोलाइएको हो ।

संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ । संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए ।

उनले भने,‘मान्यसदस्यहरू संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालनको नियमावली मस्यौदाको संशोधन मस्यौदा समितिका प्रतिवेदन पेस गर्ने प्रयोजनको लागि संघीय संसद्को संयुक्त बैठक १० जेठ बुधबार दिनको ४ बजे प्रतिनिधि सभा बैठक कक्षमा बस्ने बेहोरा जानकारी गराउँछु ।’

प्रतिनिधि सभाको अर्को बैठक भने १० जेठको बिहान ११ बजे बस्ने सभामुख घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:२४
Weather Update